ट्रेन्डिङ

४३ ग्राम सुनसहित बाराका एक जना पक्राउ

वीरगन्ज । ४३ ग्राम सुनसहित बाराका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बस्ने ३३ वर्षका जस जोशी चौधरी छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे  मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई हेटौँडा -१५ रातोमाटेबाट पक्राउ गरेको जनाएको छ ।

पूर्व पश्चिम सडकखण्डमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको सवारी रोकेर जाँच गरेको थियो । सोही क्रममा ना ५ ख ५१२९ नम्बरको बसमा सवार उनको साथबाट ४३ दशमलब ३८ ग्राम सुन जस्तो देखिने पहेलोँ धातुको पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद सुनको आजको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैँया रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेकालाई आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै