ट्रेन्डिङ

वीरगन्जको आदर्शनगरस्थित शिवम इम्पोरियमको गोदाममा सशस्त्र प्रहरीको छापा, भन्सार छलीका धेरै कपडा बरामद

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा छापामारी गरेको छ ।

सशस्त्र प्रहरी बल भन्सारले वीरगन्जको आदर्शनगरस्थित शिवम इम्पोरियममा छापामारी गरेको हो ।

कपडा तस्करी गरी गोदाममा भण्डारण गरिएको विशेष सूचनाको आधारमा डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा गएको टोलीले छापामारी गरेको हो ।

हिजो साँझ तस्करी गरी एक पोका उक्त गोदाममा राखिएको थियो, त्यही अनुसार छापामारी गरिएको सशस्त्र प्रहरी प्रमुख राधेश्याम धिमालले बताए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार छापामारी गरिएको गोदामबाट धेरै परिमाणमा भन्सार छलीका कपडाहरु बरामद भएका छन् ।

वीरगन्ज भन्सार कार्यालयको समन्वयमा गोदाममा छापामारी गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । लाखौं मूल्य बराबरको भन्सार छलीका कपडा बरामद भएको सशस्त्र प्रहरी बताउँछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै