ट्रेन्डिङ

सिराहाको किशोरी मृत्यु प्रकरण : घटना मिलाउन खोज्ने ८ जना पक्राउ

सिरहा । सिरहा प्रहरीले रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा संलग्न रहेको आशंका ८ जनालाई पक्राउ गरेको छ ।

सिराहाको नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीय किशोरीको शङ्कास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

गएको माघ ३० गते सदा घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

सदाको मृत्युअघि ‘बलात्कार’ घटना मिलाउन भनेर छलफल गराउने पञ्चहरूसहित ८ जना छलफलमा बसेका थिए ।

छलफलमा बसेका सोही ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मधेस प्रहरी प्रमुख लालमणि आचार्यले बताए । अनुसन्धानको लागी ८ जनालाई नियन्त्रणमा लिएको उनले पुष्टि गरे ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पञ्चायत बस्ने र घटना मिलाउन भूमिका खेल्नेहरू छन् । साथै प्रत्यक्षदर्शीहरूलाई पनि प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै