वीरगन्ज । निरज पिठाकोटे मगरको संयोजकत्वमा प्रेस सेन्टर नेपाल मधेस प्रदेश समिति गठन भएको छ ।
प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौँ अधिवेशनले मगरको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन गरेको हो । शनिवार महोत्तरीको बर्दिबासमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्ष रामएकबाल महरा (धनुषा), महासचिव जिवछ यादव (सिरहा), सचिव रमेश साह (बारा), ओमकिशोर चौधरी (रौतहट), रंजित पाण्डे (पर्सा), दीपेन्द्र यादव (सप्तरी) र कोषाध्यक्ष निरञ्जन साह (महोत्तरी) निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार, सब्दर हुसैन, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोषकुमार लामा, सुमन लामा, उमेश धलान, मुकेशकुमार महतो र महेन्द्र सहनीलाई निर्विरोध चयन गरिएको छ ।
महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ती गरिने प्रेस सेन्टर नेपालका उपाध्यक्ष एवं मधेश प्रदेशका इन्चार्ज गोविन्द देवकोटाले जानकारी दिए ।