वीरगन्ज । लागू औषध चरेशसहित पर्साबाट एक जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेटबाट चरेससहित एक जना पक्राउ परेका हुन् ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले चरेससहित एक महिलालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नम्बर २ बुनियाद घर भई वीरगन्ज-१६ बसपार्क बस्ने ३० वर्षीया आरती यादव रहेकी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
प्रहरीले गरेको जाँचका क्रममा लुकाईछिपाई राखिएको अवस्थामा उनको साथबाट ११ किलो ४०० ग्राम चरेस फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी आरतीमाथि लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।