ट्रेन्डिङ

विगत न भविष्यमा गरिएका अनौठो किसिमले सेवा दिन्छौ : एसपी तामाङ

बारा । ॐ शान्ती भवन कलैयामा बाराका प्रहरी प्रमुख (एसपी) सन्तोश तामाङलाई स्वागत गरिएको छ ।

ब्रहम कुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिक मिना दिदिको अध्यक्षतामा एसपी तामाङलाई स्वागत गरिएको हो ।

उनलाई जिल्लामा स्वागत गरि यहाँ शान्ति सुरक्षा स्थापनामा सम्पूर्ण नगरबासीले प्रशंसा गर्ने गरी भुमिका खेल्न कामना गरिएको छ ।

कार्यक्रममा समाजसेवी जङ्गबहादुर यादवको ८१ औ जन्मोत्सव समेत मनाईएको छ । केक काटेर उनको जन्म दिन मनाइएको हो ।

कार्यक्रममा बोल्दै एसपी तामाङले जिल्लामा शान्ती सुरक्षा कायम गर्न कुनै कसर बाँकी नछोड्ने प्रतिवद्धता जनाए ।

विश्व मानव अभियानमा जुडेको संस्थाले आफूलाई स्वागत गर्दा अलग उर्जा मिलेको र यसले काम गर्न थप प्रेरणा मिल्ने उनको जिकिर छ ।

विगत न भविष्यमा भएका अनौठो तथा नयाँ किसिमले प्रहरी कार्यालयबाट सेवा दिने उनको दाबी छ । ॐ शान्ती समाजले कल्पना गरेको असल समाजका लागि आफुले काम गर्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै