ट्रेन्डिङ

मधेस प्रदेशका दुइ छुट्टाछुट्टै स्थानमा दुइ जनाको शव फेला

वीरगन्ज । मधेस प्रदेशका दुइ छुट्टाछुट्टै स्थानमा दुइ जनाको शव फेला परेको छ ।

सर्लाही र महोत्तरीमा दुइ जनाको शव फेला परेको हो ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ८ मा एक जनाको शब बरामद भएको छ ।

पुरानो बजार छठ पोखरी जाने बाटो नजिक स्थानीय ६० वर्षीय श्रिधन थापा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी महोत्तरीको गौशाला नगरपालिकामा एक जना मृत भेटिए । नगरपालिकाको वडा नम्बर ८ स्थित ढल्केवर जंगलमा सोही ठाउँ बस्ने ६५ वर्षीय एक बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् । 

यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै