वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ। गाँउपालिकाको वडा नम्बर ५ बाघमोर्चा पुलको दक्षिणतर्फ भारतीय सीमा नजिक आज बिहान एकजनाको शव फेला परेको हो ।
मृत भेटिनेमा पश्चिमी चम्पारण मानपुर थाना अन्तगर्त चौहाटा निवासी राजदेव माझी रहेका प्रहरीले जनाएको छ ।
स्थानीयले झाडीमा फालिएको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको टोलीले मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पताल पठाएको छ ।
उनको हत्या गरी फालिएको हुनसक्ने प्रहरीको आशंका छ । मृतकको साथबाट मोबाइल र डायरी फेला पारेको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।