ट्रेन्डिङ

रौतहटबाट ११ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले फरार प्रतिवादी अभियान सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाका फरकफरक स्थानबाट लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दाका जरिवाना तोकिएका अभियुक्तहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यसरी पक्राउ पर्नेहरुमा गाली बेइज्जती, किर्ते जालसाजी मुद्दाका प्रतिवादी छन् ।

पक्राउ पर्नेहरुमा शेख टईट, कैलाश माझी, धुनिया मुसहरनी, बाबुलाल माझी, जागा माझी, शेख अजीज मियाँ, जमील अख्तर, जमिला शेखिन, शेख बनु र कुटपिट मुद्दाका रामविलास पटेल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै