ट्रेन्डिङ

सुनको मूल्य सामान्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

वीरगन्ज । सुनको मूल्य सामान्य वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको हो ।

शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको जनाइएको छ ।

तर चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै