सप्तरी । सप्तरीबाट भारी परिमाणमा लागू औषध गाजाँ बरामद भएको छ ।
बोदे बरसाइन नगरपालिका वडा नम्बर ३ स्थित हुलाकी राजमार्गबाट प्रहरीले गाँजा बरामद भएको हो ।
प्रहरीले सात सय २६ केजी गाँजा बरामद गरेको जनाएको छ । बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो ।
मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन् ।
उनको खोजी भइरहेको प्रहरीले जनायो ।