ट्रेन्डिङ

पर्साबाट एकैदिन १८ जना फरार प्रतिवादी पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले एकैदिनमा १८ जना फरार प्रतिवादीलाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको कैद असुल तथा फैसला कार्यान्वयनको टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

विभिन्न मुद्दामा दोषी ठहर भई सजाय पाएपश्चात फरार भएका अभियुक्तलाइ पक्राउ गरिएको डिएसपी किशोर लम्सालले बताए । उनका अनुसार पक्राउ परेकाहरुमाथि विभिन्न मुद्दामा जरिवाना तोकिएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि पर्सा जिल्लामा उपस्थित गराइएको प्रहरीले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै