सरस्वती पूजाको बहानामा कुनै उत्तेजक क्रियाकलाप नगर्न पर्साका सिडियो अर्यालको आग्रह

वीरगन्ज । सरस्वती पूजालाई व्यवस्थित एवम् मर्यादित रुपले मनाउन जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रशासनले यस्तो अनुरोध गरेको हो । माघ २१ गते अर्थात भोलीको सरस्वती पूजा शान्त वातावरणमा मनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शान्त वातावरणमा पूजा गरि साँझ ६ बजेभित्र मूर्ती विर्सजन गर्न अनुरोध गरे । उनले मूर्ति विर्सजनका क्रममा कुनै प्रकारका उत्तेजक क्रियाकलापहरु नगर्न/नगराउन आग्रह गरे ।

साथै सरस्वती पूजाको बहानामा चर्को आवाजमा डिेजे नबजाउन समेत उनको अपील छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै