वीरगन्ज । पर्सा प्रहरीले बालुवा लोड रहेका दुइटा ट्याक्टरहरु नियन्त्रणमा लिएको छ । प्रहरीले जिल्लाका फरकफरक स्थानहरुबाट दुइटा ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले ट्याक्टर पक्राउ गरेको इन्स्पेक्टर प्रकाश थापाले बताए । उनका अनुसार अवैध रुपमा बालुवा उत्खन्न गरी ल्याउदै गरेको अवस्थामा जाँच गर्दा कागजपत्र देखाउन नसकेकाले प्रहरीले ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले जगरनाथपुर–४ मोर टोलबाट प्र २–०३–००१ त.४४३० र पटेर्वासुगौली–४ करवोला चोकबाट ना ४ त ७०४२ नम्बरका ट्याक्टर पक्राउ गरेको उनी बताउँछन् ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।