ट्रेन्डिङ

शहीद दिवस : वीरगन्जमा शदीहको शालिकमा माल्यापर्ण, १० जनालाई सम्मान

वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ ले दश जनालाई सम्मानित गरेको छ । शहीद दिवसको अवसरमा तीन महिलासहित १० जनालाई सम्मानित गरिएको हो ।

आज लोकतन्त्र, मानव अधिकार र समाज सेवामा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई कदर गर्दै कांग्रेस पर्साले कार्यक्रम आयोजना गर्दै उनीहरुलाई सम्मानित गरेको हो ।

सम्मानित हुनेहरुमा वीरगन्ज महानगरपालिकाकी पूर्व उपप्रमुख शान्ती कार्कीसहित नगेन्द्र पौडेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, लक्ष्मण प्रसाद कुर्मी, लालन महम्मद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरी रहेका छन् । मधेस प्रदेश सांसद श्याम पटेलले फूल तथा गम्छा लगाएर उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद पटेलले शहीदहरुको योगदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य एवम् मान्यता जोगाउन प्रतिवद्ध रहने अठोट जनाए ।

यस्तै शदीद दिवसको अवसरमा वीरगन्ज घण्टाघर, नारायणी अस्पताल र गण्डक बहुवरीमा राखिएका शहीदको शालिकहरुमा माल्यार्पण समेत गरिएको थियो ।

नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेश सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगन्ज महानगरका उपप्रमुख इम्तियाज आलम लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै