ट्रेन्डिङ

रेडक्रस सोसाइटी रेशमकोठीका नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण

वीरगन्ज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखामा नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न भएको छ । वीरगन्ज–५ स्थित कार्यालय भवनमा आज एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरुको शपथ गराइएको हो ।

सो अवसरमा सभापतिमा डा. जितेन्द्र अस्वानी, उपसभापति सरिता कुमारी यादव, कोषाध्यक्ष नवनीत अग्रवाल, सहकोषाध्यक्ष अभिलाष गुप्ता, सहसचिव राजकुमार साहलाई शपथ गराइएको थियो । भने सदस्यहरु नरेन्द्र कुमार शाह, प्रकाश कुमार उपाध्याय, मुन्ना कुमारी खनाल, रामसुदिष्ट लाल कर्ण समेतलाई प्रमाण–पत्र वितरण गरी शपथ गराइयो ।

कार्यक्रममा निवर्तमान पदाधिकारी एवम् सदस्यहरुलाई बिदाई समेत गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै