धनुषा । यात्रुवाहक बसमा एक जना पुरुषको शव फेला परेको छ । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा एक जना पुरुषको शव फेला परेको हो ।
मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा भारत मधुवनी जिल्ला सिम्रीटोल निवासी ७० वर्षका जगदीश यादव रहेका छन् ।
लालगढमा यात्रीहरु शौचालयका लागि ओर्लिएको समयमा यादव मृत भेटिएका थिए । मृतक यादव हिजो साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढेका थिए ।
बस इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।