वीरगन्ज । जनतम पार्टी पर्सामा पार्टी प्रवेशको लहर चलेको छ । विभिन्न पार्टी परित्याग गरी जनतम पार्टीमा युवाहरु प्रवेश गर्न थालेका छन् ।
जनमत पार्टीको युवा संघ पर्साले वीरगन्जमा सोमबार आयोजना गरेको कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । वीरगन्जस्थित जनमत पार्टी पर्साको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जनाए ।
कार्यक्रममा जनमत पार्टीका नेता तथा मधस प्रदेश सरकारका उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरुलार्यमाला,गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरेको जनाइएको छ ।

युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य माधव सिह, केन्द्रिय सदस्यहरु सिपु तिवारी, अनुराग द्धिवेदी,बिध्यालाल प्रसाद ,युवाको केन्द्रिय संयोजक संजय यादव ,युवा नेता संजय सिह, महादेव शर्मा ,राजुराज गिरी ,मनोज साह,लगायतकाको पनि सहभागीता थियो ।