ट्रेन्डिङ

बृहत्तर जनकपुर क्षेत्र विकास परिषको कार्यकारी निर्देशकमा पासवान नियुक्त

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको कार्यकारी निर्देशकमा वैद्यनाथ पासवान नियुक्त भएका छन ।

 

परिषदले करिव दुई वर्ष पछि नयाँ कार्यकारी निर्देशक पाएको हो । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट चार वर्षे कार्यकालका लागि लागि पासवान छानिएका हुन ।

परिषदको ऐन को दफा १७९१०बमोजिम चार वर्षको लागि पासवानलाई कार्यकारी निर्देशक नियुक्त गरिएको अध्यक्ष शितल साहले बताए । बृहत्तर जनकपुरको अब विभिन्न किसिमका कानुनी झमेलाहरू छिटोभन्दा छिटो निराकरण हुने विश्वास उनले व्यक्त गरेका छन् ।

 

नव नियुक्त कार्यकारी निर्देशक वैद्यनाथ पासवान महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका वडा नम्वर १ निवासी हुन ।

जनकपुरधाम सहित महोतरी र मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रका सिमावर्ती विभिन्न पालिकाका धार्मिक सम्पदा, धरोहरहरुको संरक्षण लागि बृहत्तर जनकपुर क्षेत्र बिकास परिषदको गठन भएको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै