वीरगन्ज । पर्सामा एक जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघर नजिकैको बजारमा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर लम्सालका अनुसार मागी खाई हिँड्ने पुरुषको शव माघ ७ गते फेला गरेको हो । शव फेला परेको ३ दिन भइसक्दा समेत पहिचान हुन नसकेकाले सनाखतका लागि प्रहरीले हुलिया विवरण सार्वजनिक गरेको छ ।
शव अन्दाजी ६० देखि ६५ वर्षको देखिने ५ फिट ५ ईन्च उचाई भएको तथा , रातो ज्याकेट, सेतो सर्ट, खरानी रंगको ट्राउजर लगाएको हुलिया देखिएको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
मृतकको सनाखत गर्ने कोहि नभेटिएकाले चिन्ने जो कोहिले जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।