ट्रेन्डिङ

नारायणी अस्पतालमा १४ जना कर्मचारी माग, के-के हुन् पद ?

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालले विभिन्न १३ पदका लागि कर्मचारी माग गरेको छ । अस्पताल प्रशासनले माघ ४ गते एक सूचना जारी गर्दै यस्तो माग गरेको हो ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी २०७६ तथा ‘स्तनपान परामर्श सेवा कार्यक्रम सञ्चालन सन्दर्भ सामाग्री’को अधिनमा रही कर्मचारी माग गरिएको नारायणी अस्पतालले सौर्य दैनिक पत्रिकालाई दिएको सूचनामा भनिएको छ ।

रिक्त रहेको विभिन्न १३ वटा पदका लागि १४ जना कर्मचारी माग गरिएको नारायणी अस्पताल प्रशासनले जनायो ।

अस्पतालले ग्याष्ट्रो सर्जन, प्याथोलोजिष्ट, एनेस्थेसियोलिष्ट, रेडियोलोजिष्ट, नेफ्रोलोजिष्ट, न्यूरोलोजिष्ट, जनरल फिजिसियन, चेष्ट फिजिसियन, कार्डियोलोजिष्ट, साइक्याट्रिष्ट, ग्यास्ट्रोइन्टेरोलोजिष्ट, मर्मत सम्भार टेक्निसियन र स्तनपान परामर्शकर्ता २ जना गरी १४ जना कर्मचारी ‘डिमाण्ड’ गरेको हो ।

स्नपान परामर्शकर्ता युनिसेफको सहयोगमा राखिने पनि जनाइएको छ । सूचना प्रकाशित मितिदेखि २१ दिनभित्र आवेदन दिन योग्यता पुगेका नागरिकसँग अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै