धनुषा । धनुषामा एक जना पुरुषको शव फेला परेको छ ।
छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ स्थित एक पोखरीमा आज पुरुषको शव फेला परेको हो । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरी शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।
स्थानीयले पोखरिमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाउने प्रहरीेले जानकारी दिएको छ ।