ट्रेन्डिङ

एक ग्राम ब्राउन सुगरसहित रौतहटबाट पुरुष पक्राउ

रौतहट । लागुऔषध खैरो हेरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा रहेका प्रहरीले जनाएको छ ।

उनको साथबाट एक ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेकामाथि लागू औषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै