ट्रेन्डिङ

सेमी अटोमेटिक पेस्तोल र गोलीसहित रौतहटबाट एक जना पक्राउ

रौतहट । रौतहटबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण मोतिहारी बसन्तपुर ग्राम पञ्चायत ९ निवासी २६ वर्षका धनञ्जय कुमार झा छन् ।

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती पेस्तोल र गोलीसहित पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको प्रहरीको भनाइ छ ।

पेस्तोल, गोली र झाले प्रयोग गरेको बीआर ०५ बीडी १२२४ नम्बरको अपाचे मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको जनाइन्छ ।

ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएका थिए ।

पक्राउ परेकाको साथबाट १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद गरेको सशस्त्र प्रहरी बल रौतहटले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै