धनुषा । बलिदानी दिवसको अवसरमा जानकी मन्दिरमा दीप प्रज्जवलन गरिने छ । मन्दिर परिसरमा आज साँझ एक लाख दीप प्रज्जवलन गरिने जनाइएको छ ।
मधेस प्रदेश सरकारले मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
यस्तै प्रदेश सरकारले शहीदका परिवारलाई अभिनन्दन कार्यक्रम गर्ने पनि तय गरेको छ ।