ट्रेन्डिङ

उपेन्द्र यादवको उपस्थितिमा जसपा नेपाल मधेस प्रदेशको शपथग्रहण

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेश समितिले पार्टी समायोजनपछि पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आयोजना गरेको छ ।

जनकपुरस्थित प्रदेश पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टीका प्रदेश पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणसँगै प्रथम कार्यकारिणी बैठक पनि आयोजना गरिएको हो ।

कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय लालबाबु राउत गद्दी र जितेन्द्र सोनललगायतका नेताहरू सहभागी छन् ।

पार्टी समायोजनपछि आयोजना गरिएको शपथग्रहण तथा पहिलो कार्यकारिणी बैठकलाई मधेस प्रदेशमा पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै