ट्रेन्डिङ

बारामा मौरीले टोकेर स्कुटरमा सवार २ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा उडिरहेको मौरीले टोकेर स्कुटरमा सवार दुइ जना  घाइते भएका छन्।

मंगलबार बिहान करिब १०ः५० बजे पिलुवाबाट हेटौंडातर्फ जाँदै गरेको लु.४४ प ३१४४ नम्बरको स्कुटरमा सवार दुइ जनालाइ मौरीले टोकेर घाइते बनाएको हो । 

घाइते हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ निवासी २७ वर्षीय आमोद विक र उनकी २८ वर्षीया श्रीमती प्रमिला कुमारी विक रहेका प्रहरीले बताएको छ । 

मौरीको टोकाइबाट घाइते भएका दुवै जनालाई उपचारका लागि सिमरास्थित सिटीस्टार अस्पतालमा भर्ना गरिएको छ। प्रहरीका अनुसार स्कुटर चालक आमोदको अवस्था मध्यम रहेको छ भने पछाडि सवार उनकी श्रीमती प्रमिलाको अवस्था सामान्य रहेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट प्रहरी हवल्दार दीपेन्द्र साहको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

घटनामा संलग्न स्कुटर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहकी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै