ट्रेन्डिङ

पर्साको जगरनाथपुरबाट एक थान हतियार बरामद

वीरगन्ज । पर्सा प्रहरीले एक थान हतियार बरामद गरेको छ ।

जगरनाथपुर गांउपालिका वडा नम्बर २२ भवानीपुरबाट एक थान हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

खेतमा फालिएको अवस्थामा सोमबार ‘१२ बोर’ एक नाले बन्दुक फेला पारेको प्रहरी स्रोतले बतायो । हतियार कसको हो र कसले यसरी फालेको भन्नेबारे यकिन खुलेको छैन ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै