वीरगन्ज । भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आज बिहानको उनको मृत्यु भएको हो ।
गोवास्थित आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल अस्पताल लगिएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकहरूले उनलाई बचाउन करिब ४५मिनेटसम्म लगातार सीपीआर दिएका थिए।
तर उपचारका क्रममा कुनै प्रतिक्रिया नदिएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
प्रारम्भिक रिपोर्टहरूमा नाना पाटेकरको मृत्युको सम्भावित कारण कार्डियक अरेस्ट रहेको उल्लेख गरिएको छ।
नाना पाटेकरको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोकको लहर छाएको छ।
अभिनयमा आफ्नो विशिष्ट शैली र प्रभावशाली प्रस्तुतिका कारण उनले लामो समयदेखि दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए।
सन् १९५१ मा जन्मिएका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा अभिनयसँगै लेखन र निर्देशनमा समेत काम गरेका थिए।
‘क्रान्तिवीर’, ‘परिन्दा’, ‘अग्निसाक्षी’, ‘वेलकम’, ‘राजनीति’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।