वीरगन्ज । जनमत पार्टीले कानुन व्यवसायमा आबद्ध व्यक्तिहरूलाई संगठित गर्दै ‘पेशागत कानुन व्यवसाय जनमत संघ’को १२ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
अधिवक्ता उपेन्द्र कुमार साहको संयोजकत्वमा गठन गरिएको यस समितिको निर्णयहरू सार्वजनिक गरिएको छ।
समितिका पदाधिकारीहरूमा अधिवक्ता उपेन्द्र कुमार साह संयोजक, रन्जित कुमार साह सह–संयोजक, रामछबिला यादव सचिव, राहुल कुमार रजक सह–सचिव र पिटर जङ्ग कुवर कोषाध्यक्ष रहेका छन्। सदस्यहरूमा भने अधिवक्ताहरू हरि प्रसाद साह, घुरण साह, गौरीशंकर महतो, दिब्या सिंह, लक्ष्मी ठाकुर, काजल चौधरी र सुरेश सुनार रहेका छन्।
समितिको पहिलो बैठकले तीनवटा मुख्य निर्णय गरेको छ। पहिलो, ‘पेशागत कानुन व्यवसाय जनमत संघ’ को केन्द्रीय तदर्थ समिति गठन गर्ने। दोस्रो, केन्द्रीय विधान मस्यौदा समिति गठन गर्ने र तेस्रो, देशभरि जिल्ला कमिटीहरू विस्तार गर्ने। यी निर्णयहरूले जनमत पार्टीले कानुन व्यवसायका क्षेत्रमा पनि आफ्नो संगठन विस्तार गर्न लागेको देखाएको छ।