ट्रेन्डिङ

वीरगन्जबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

फाइल तस्बिर

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा बिन्दावासीनी गाउँपालिका–५ प्रसौनीका साहेब खाँ लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, वीरगन्ज महानगरपालिकाको इनर्वागाउँबाट साहेब खाँलाई हतियारसहित पक्राउ गरिएको हो। स्थानीय बासिन्दाबाट कटुवा पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो।

पक्राउ परेका खाँलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि हातहतियारसम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै