ट्रेन्डिङ

सप्तरीमा प्रहरीले गोली चलाएर दुई लागुऔषध कारोबारीलाई समात्यो

राजविराज । प्रहरीले सप्तरीमा गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा बडिबिरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय छन्। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। यो जानकारी लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ सई कृष्ण कोइरालाले दिएका छन्।

ब्युरोका सई बालकृष्ण सन्जेलको नेतृत्वमा गएको टोलीले आरोपीहरूसँगबाट करिब २०० ग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा यो कारबाही गरेको हो। अहिले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै