ट्रेन्डिङ

वीरगन्ज महानगरको ठेक्कामा लगातार वृद्धि, कबाडी र सवारी करको ठेक्का नयाँ दरमा लागु

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको सवारी कर र कबाडी करको ठेक्कामा निरन्तर वृद्धि भएको छ।

यस वर्ष सवारी कर र कबाडी करको ठेक्का विगतका वर्षहरूभन्दा बढी मूल्यमा लागेको छ ।
गत वर्षसम्म ठेकेदारहरूको मिलेमतोले ठेक्काको दर कममा लाग्ने गरेको थियो। यस वर्ष असारमा निकालिएको टेन्डरमा पनि कम दरमा आवेदन परेपछि नगर प्रमुख राजेशमान सिंहले ठेक्का रद्द गर्न लगाएका थिए।

चालु आर्थिक वर्षका लागि प्रभु कन्स्ट्रक्सनले सवारी करको ठेक्का भ्याटबाहेक ७ करोड ६१ लाखमा सकारेको छ। यो गत वर्षको ६ करोड ७१ लाखभन्दा बढी हो। यस्तै, अमित ठेक्कापट्टाले कबाडी करको ठेक्का भ्याटबाहेक ४ करोड ८८ लाखमा हात पारेको छ, जुन गत वर्षको ४ करोड ३० लाखभन्दा बढी हो।

महानगरको राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, यस वर्षदेखि भ्याटसहित कर सङ्कलन गरिनेछ। यसअनुसार सवारी करको कुल मूल्य ८ करोड ६१ लाख र कबाडी करको ५ करोड ५१ लाख पुगेको छ।

पुरानो ठेकेदारले साउन मसान्तसम्म पुरानै दररेटमा कर उठाइरहेको छ भने भदौ १ गतेदेखि नयाँ ठेकेदारले नयाँ दररेटमा कर सङ्कलन सुरु गर्नेछन्। यी ठेक्कामा ठेकेदारहरूले मापदण्डविपरीत कर असुलेको भन्दै विगतमा आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै