ट्रेन्डिङ

पर्सामा ८ किलो गाँजासहित एक युवक पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पर्सागढी नगरपालिका–९, एकटांगाका जगमोहन यादव (३४) लाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पटेर्वा सुगौली गाउँपालिका४, करबोलाबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार, यादवले चलाएको बिआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकलमा लुकाएर लैजाँदै गरेको अवस्थामा कुल ८ किलो ४४० ग्राम गाँजा बरामद भएको छ। प्रहरीले मोटरसाइकलको सिटमुनि र यादवको शरीरमा बाँधिएको अवस्थामा गाँजा फेला पारेको थियो।

पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै