ट्रेन्डिङ

अत्यधिक गर्मीले विद्यार्थी मुर्छित भएपछि कलैयाका विद्यालय ३ दिन बन्द

कलैया । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै कलैया उपमहानगरपालिकाले यहाँका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई ३ दिनका लागि बिदा दिने निर्णय गरेको छ।

लगातारको गर्मी र केही विद्यालयका बालबालिकाहरू मुर्छित भएको जानकारी प्राप्त भएपछि यो निर्णय गरिएको हो। कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय (शिक्षा युवा तथा खेलकुद महाशाखा)ले आज जारी गरेको पत्रानुसार, नगर शिक्षण समितिको आज बसेको बैठकले यो निर्णय गरेको हो।

कार्यालयले भोली बुधबारदेखि शुक्रबार बिदाको घोषणा गरेको छ । आइतबारदेखि नियमित पठनपाठन हुनेछ । यो बिदा वार्षिक बिदाबाट कट्टा हुने गरी दिइएको पनि पत्रमा उल्लेख छ। आइतबारदेखि भने सबै विद्यालयहरूलाई यथावत् रूपमा कक्षा सञ्चालन गर्न गराउन अनुरोध गरेको छ। यस निर्णयले विद्यार्थीहरूलाई चर्को गर्मीबाट केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै