ट्रेन्डिङ

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकारमा अवधेशकुमार झा नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकारिता तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी झालाई मुख्यमन्त्री सिंहले मंगलबार उक्त जिम्मेवारी दिएका हुन्। झा विगत २५ वर्षदेखि मधेश प्रदेशको राजनीतिक तथा सामाजिक विषयवस्तुमा कलम चलाउँदै आएका छन्। उनको पत्रकारिताको अनुभव र मधेश प्रदेशको सन्दर्भमा गहिरो बुझाईले मुख्यमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रेस सल्लाहकारमा नियुक्त भएसँगै झालाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना प्राप्त भएको छ। आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा लगायत पत्रकार, सञ्चारकर्मी, राजनीतिकर्मी र सामाजिक अगुवाहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

झाको नियुक्तिले मुख्यमन्त्रीको सचिवालय र सञ्चार माध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। उनको अनुभवले प्रदेश सरकारका नीति तथा कार्यक्रमहरूलाई जनस्तरमा पुर्‍याउन र सञ्चार माध्यमहरूसँग सुमधुर सम्बन्ध कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै