ट्रेन्डिङ

मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा, भोली प्रधानमन्त्रीले डिजिटल शिलान्यास गर्ने

जनकपुरधाम । मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको तयारी पूरा भएको छ।

यसले ग्रामीण क्षेत्रलाई शहरी केन्द्रसँग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट यस योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

यस योजनाअन्तर्गत मधेश प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ। भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले यो योजना मन्त्रालयको मात्रै नभई सम्पूर्ण मधेश प्रदेशबासीको भएको बताएका छन्।

यस सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ। शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुनेछ।

मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। यस योजनाले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै