ट्रेन्डिङ

जानकी मन्दिर सरसफाइ र टुहुराहरुलाई खाना खुवाउँदै मधेश सरकारको गणतन्त्र दिवस समापन

जनकपुरधाम । जानकी मन्दिरमा सरसफाइ र मानव सेवा आश्रमका बालबालिकालाई खाना खुवाउदै मधेस सरकारको तीन दिने गणतन्त्र दिवसको समापन भएको छ।

मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १८औं गणतन्त्र दिवस १४,१५ र १६ गते विविध कार्यक्रम गरि हर्षोल्लासका साथ पर्वको रूपमा मनाउने निर्णय गरेसँगै महत्त्वपूर्ण कार्यक्रमहरु गर्दै आज समापनि गरिएको हो ।
निर्धारित समयमै कार्यक्रम सुरु हुनु पर्छ भन्ने गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको मान्यता अनुसार निर्धारित समय बिहान ६ बजेमा नै जानकी मन्दिरको सरसफाइ गरेका छन् ।

देशको रक्षा,शान्ति सुरक्षा,अमन चयन, अपराधको अनुसन्धान ,सिमा सुरक्षा र अपराधको अनुसन्धान गरि न्यायालय र न्याय सम्पादनमा सहयोग गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ट्राफिक प्रहरीहरुले निर्धारित समयमा नै जानकी मन्दिरको सरसफाइमा होमिएका थिए । सरसफाइको नेतृत्व मन्त्री लेखी स्यम्ले गरेका थिए ।

मन्त्री लेखीसँगै नीति आयोगकी सदस्य डा. शिला मिश्र, गृहका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरीका डिआईजी उमा प्रसाद चतुर्वेदी, एसपी ईश्वर थापा, डिएसपी बि.यादव लगायत प्रहरी संगठनहरुका दर्जनौं प्रहरी अधिकृतहरु समेतका प्रहरीहरुको सहभागिता रहेको थियो ।

एकाविहानै भएकोले पुजा गर्न आएका श्रद्धालु भक्तजनहरुको मन्दिरको अगाडि धुँईचो लागेको देख्न सकिन्थ्यो । सरसफाइ कार्यमा स्थानीय व्यक्ति र व्यापारीहरुको समेत सहभागिता थियो। त्यसैगरी अन्तिम कार्यक्रमको रूपमा मानव सेवा आश्रममा रहेकाहरुलाई खाना खुवाएका छन् ।

पहिलो दिन मन्त्रालय परिसरमा सरसफाइ, रक्तदान कार्यक्रम गरि दिवसको सुरुवात गरेको थियोे । त्यस्तै दोस्रो र महत्त्वपूर्ण दिन जेष्ठ १५ गते मुल समारोहको आयोजना गरि मधेस प्रदेशका १२ जना प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद, कदर–पत्र, दोसल्लाले अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै