ट्रेन्डिङ

धनुषाको जटही नाकाबाट दुई चिनियाँ नागरिक पक्राउ

जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रबाट दुई चिनियाँ नागरिक पक्राउ भारतीय प्रहरीले गरेको छ ।

धनुषास्थित जटही–पिप्रौन नाका हुँदै भारततर्फ जाँदै गर्दा दुई चिनियाँ नागरिक पक्राउ भारतीय प्रहरीले गरेको छ । पक्राउ पर्नेमा चीनको ल्याओनिङ प्रान्तका ३८ वर्षीय वु हेलङ र आन्हुई हुंघान प्रान्तका ३० वर्षीय शेङ जुन यङ रहेको जनाइएको छ । उनीहरूलाई बुधबार बेलुकी जटही–पिप्रौन नाकास्थित २८४÷३५ नम्बर सीमा स्तम्भ आसपासबाट भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतीय प्रहरीले जनाए अनुसार पर्यटक भिसामा नेपाल आएका उनीहरू सुरक्षाकर्मीलाई छल्दै भारततर्फ छिर्न खोजेका थिए । उनीहरूमध्ये हेलङ गत २०८१ चैत १ मा र यङ २०८१ फागुन १५ मा नेपाल ओर्लिएको भारतीय प्रहरी जनाएको छ ।
हेलङ आफू ब्लगर भएको बताएका छन् भने यङको मोबाइलबाट ५० भन्दाबढी भारत विरोधी भिडियो सामग्रीहरू भेटिएको भारतीय प्रहरी दाबी रहेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर त्यहाँको प्रहरीले विस्तृत अनुसन्धान कार्य गरिरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै