ट्रेन्डिङ

बजेट २०८२/०८३ : कुन मन्त्रालयलाई कति बजेट ! (विनियोजित रकमसहित)

वीरगन्ज । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न मन्त्रालयहरूलाई विनियोजन गरेको बजेटको विवरण सार्वजनिक भएको छ।

यसपटक शिक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सर्वाधिक बजेट प्राप्त गरेका छन्।

अर्थ मन्त्रालयले जारी गरेको विवरणअनुसार, प्रमुख मन्त्रालयहरूले प्राप्त गरेको बजेट विनियोजन निम्नानुसार रहेको छ:

  • शिक्षा मन्त्रालय: २ खर्ब ११ अर्ब १७ करोड रुपैयाँ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय: १ खर्ब ५२ अर्ब रुपैयाँ
  • शहरी विकास मन्त्रालय: १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय: ९५ अर्ब ८१ करोड रुपैयाँ
  • ऊर्जा तथा जलस्रोत मन्त्रालय: ८६ अर्ब १ करोड रुपैयाँ
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय: ५७ अर्ब ४८ करोड रुपैयाँ
  • खानेपानी मन्त्रालय: ३३ अर्ब ८९ करोड रुपैयाँ
  • वन तथा वातावरण मन्त्रालय: १८ अर्ब ६१ करोड रुपैयाँ
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय: १३ अर्ब २८ करोड रुपैयाँ
  • उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालय: १० अर्ब १४ करोड रुपैयाँ
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय: ७ अर्ब ७२ करोड रुपैयाँ
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय: ७ अर्ब ४९ करोड रुपैयाँ
  • युवा तथा खेलकुद मन्त्रालय: ६ अर्ब ८ करोड रुपैयाँ
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय: ४ अर्ब २८ करोड रुपैयाँ
  • महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय: २ अर्ब ८ करोड रुपैयाँ

यो विनियोजनले सरकारको आगामी वर्षको प्राथमिकताहरूलाई प्रतिबिम्बित गरेको छ, जसमा शिक्षा, पूर्वाधार विकास, सहरीकरण, स्वास्थ्य र ऊर्जालाई प्रमुखता दिइएको देखिन्छ।

यी बजेटहरूले सम्बन्धित मन्त्रालयका नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै