सप्तरी । जिल्लामा एक नवजात शिशुको शव फेला परेको छ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर २ महादेवपट्टिमा सोमबार शिशुको शव फेला परेको हो । शवको प्रकृति हेर्दा २–३ दिनअघि नै गर्भमै हत्या गरि फालेको हुनसक्ने प्रहरीले जनाएको छ। शवलाई कपडाले बेरेर गाउँ नजिकै रहेको खेतमा फालिएको अवस्थामा स्थानीयहरुले देखेपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको बारेमा जानकारी पाउना साथ प्रहरी निरीक्षक लेख बहादुर बिष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगि शव र घटनास्थलको जाँच निरीक्षण गरि शिशुको शवलाई पोष्ट्मार्टमका लागि सदरमुकाम राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ६ देखि ७ महिना गर्भकालको अवस्था रहेको र अवैध सम्बन्धबाट वा लिङ्ग पहिचान गराउदा छोरी हो भनी थाहा पाएर गैरकानुनी रूपमा गर्भपतन गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले शिशु कसले हत्या गरि फालेको हो अनुसन्धान भईरहेको जनाएको छ।