ट्रेन्डिङ

एकीकृत समाजवादीद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा

वीरगन्ज । नेकपा (एकीकृत समाजवादी) ले ‘सुशासन र रोजगारी : समाजवादको तयारी’ भन्ने मूल नारासहित दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

पार्टीले जेठ ५ गतेदेखि ३१ गतेसम्म देशभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो। पार्टी महासचिव घनश्याम भुसालले वैशाख ६ गते देशभरका पार्टी संगठनहरूलाई परिपत्र पठाउँदै आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन्। आन्दोलनको यो दोस्रो चरणमा कोणसभा, धर्ना, विचारगोष्ठी र मागपत्र बुझाउनेजस्ता कार्यक्रम समावेश छन्।

महासचिव भुसालका अनुसार, ‘यो चरणले पार्टी पंक्तिलाई आन्दोलनको वरिपरि गोलबन्द गर्दै आगामी संघर्षको आधार तयार गर्नेछ।’

संगठन सुदृढीकरणसँगै संघर्षलाई गति
भुसालले आन्दोलनकै क्रमलाई प्रयोग गर्दै बाँकी रहेका प्रदेश, जिल्ला र पालिकास्तरीय अधिवेशनहरू पनि सम्पन्न गरिने जानकारी दिए। ‘पार्टी निर्माण आन्दोलनबाट हुन्छ भन्ने अवधारणासहित असार र साउन महिनामा प्रशिक्षण कार्यक्रमहरू गरिनेछ,’ उनले बताए।

पार्टीको योजना अनुसार भदौदेखि आन्दोलनको तेस्रो चरण सुरु गरिनेछ, जुन यसअघि भएका चरणभन्दा अझ सशक्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ। पार्टीले आन्दोलनका माध्यमबाट सुशासन, रोजगारी, समाजवाद र संगठन सुदृढीकरणलाई एकसाथ अघि बढाउने रणनीति बनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै