ट्रेन्डिङ

असार १३ गते हुने श्री गहवा माई रथ यात्रा भव्य रूपमा आयोजना गर्न विभिन्न उपसमिति गठन

वीरगन्ज । वीरगन्जको श्री गहवा माई मन्दिरमा आगामी असार १३ गते हुने रथ यात्रालागि तयारी सुरु भएको छ ।
श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको बैठकले शोभायात्रा सफल बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरेको छ।

गहवामाई मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने उद्देश्यसहित अषाढ शुक्ल द्वितीयाका दिन हुने रथ यात्रा र अषाढ १४ गतेको छपन्न भोग एवं महाप्रसाद भण्डारा कार्यक्रमलाई विशेष बनाइने समितिले जनाएको छ।
समितिका अनुसार, यस वर्षको रथ यात्रा कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र भव्य बनाउने तयारी भइरहेको छ।

 

उपसमितिहरूको रथ यात्रा संयोजकमा देवानन्द प्रसाद कलवार, झाँकी तथा सांस्कृतिक संयोजकमा लक्ष्मी नारायण गुप्ता, आर्थिक संकलन संयोजकमा रवि शंकर अग्रवाल, भण्डारा संयोजकमा अनुप कुमार अग्रवाल, छपन्न भोग संयोजकमा शम्भु प्रसाद कलवार, प्रचार प्रसार संयोजकमा श्याम प्रसाद गुप्ता, स्वयंसेवक परिचालन संयोजकमा दिपेन्द्र प्रसाद गुप्ता, धार्मिक समन्वय संयोजकमा डा. पुरुषोत्तम दुबे र सम्मान कार्यक्रम छनौट संयोजकमा गठन गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै