ट्रेन्डिङ

गणतन्त्र दिवस ३ दिन मनाइने, मूल समारोह समितिको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने

वीरगन्ज । गणतन्त्र दिवस २०८२ को अवसरमा सरकारले जेठ १४, १५ र १६ गतेसम्म तीन दिन कार्यक्रम गरी भव्य रूपमा मनाउने तयारी गरेको छ।

दिवसको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। गृह मन्त्रालयले प्रस्तावित मूल समारोह समिति गठनसम्बन्धी प्रस्ताव सिंहदरबारमा बसेको बैठकले पारित गरेको हो। समितिमा उपप्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्री–राज्यमन्त्री, काठमाडौं महानगरका मेयर, ललितपुरका प्रमुख, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका नगर प्रमुखहरू र नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरू सदस्य रहेका छन्। गृह सचिव समितिका सदस्यसचिव छन्।

जेठ १४, १५ र १६ गते देशभर दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनाइने निर्णय भएको छ । टुँडिखेलमा जेठ १५ गते मुख्य समारोह, राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । केन्द्र, प्रदेश र स्थानीय तहमा तहगत समिति र उपसमिति गठन गरी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा विशेष कार्यक्रम आयोजना गरिने छ ।

सरकारका अनुसार त्रिदिवसीय समारोहमा सरकारी निकाय, निजी क्षेत्र, संघ–संस्था सबैको सहभागिता रहनेछ। २०६५ सालमा गणतन्त्र घोषणा भएदेखि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने चलन रहेको छ। यो दिनलाई राष्ट्रिय एकता, लोकतन्त्र र नागरिक सर्वोच्चताको प्रतीकका रूपमा स्मरण गरिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै