ट्रेन्डिङ

५० र १०० बेडका अस्पताल तत्काल सञ्चालन गर्न पूर्वमन्त्री सिंहले गराए मधेश सरकारको ध्यानाकर्षण

जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं पूर्व स्वास्थ्यमन्त्री, प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेश सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

उनले आफू स्वास्थ्यमन्त्री भएको बेला २०८०/०८१ मा मधेश प्रदेशका अधिकांश पालिकामा ५० र १०० बेडका अस्पताल सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सरकारले गैरजिम्मेवारी र स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही गरिरहेको भन्दै सचेत हुन आग्रह गरेका छन्।

पूर्वमन्त्री सिंहले ती अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापनसमेत भइसकेको र जनशक्ति छनोट पनि सम्पन्न भएको जानकारी गराएका छन्। तर मन्त्रालयको लापरबाहीका कारण ती अस्पतालहरू अहिलेसम्म सञ्चालनमा आउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

उनले स्वीकृत दरबन्दी अनुसारका कर्मचारीलाई सम्बन्धित अस्पतालमा नपठाई अन्यत्र पठाएको आरोप लगाउँदै यो कार्य गैरकानुनी भएको बताए। उनले यथाशीघ्र दरबन्दी अनुसारको जनशक्ति ती अस्पतालहरूमा पठाई अस्पताल सञ्चालन गराउन माननीय मुख्यमन्त्री र माननीय स्वास्थ्यमन्त्री समक्ष माग गरेका छन्।
यसै सन्दर्भमा पूर्व स्वास्थ्यमन्त्री सिंहले मुख्यमन्त्री सतीश कुमार सिंह र स्वास्थ्यमन्त्री शत्रुधन सिंहलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै