ट्रेन्डिङ

पर्साको जगरनाथपुरमा सर्पदंशबाट युवती घाइते

वीरगन्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन्। घटना गत राति १० बजे तिर भएको हो।

संजय पण्डितकी श्रीमती सिता देवीलाई आफ्नै घरमा विषालु सर्पले टोकेको थियो। घटनापछि उनलाई तत्काल नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरियो।

अस्पताल स्रोतका अनुसार, सिता देवीको अवस्था मध्यम रहेको छ र उनको उपचार भइरहेको छ ।
सर्पदंशको घटनामा तत्काल उपचार आवश्यक हुने भएकाले, स्वास्थ्यकर्मीहरूले सर्पदंश भएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै