ट्रेन्डिङ

एसईई २०८२ मा सहभागी हुने विद्यार्थीहरूलाई अनिवार्य अनलाइन रजिस्ट्रेसन भर्न आग्रह

वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको नामावली राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत अनिवार्य रूपमा अनलाइन रजिस्ट्रेसन गर्नुपर्ने भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई, पर्साले एक सूचना प्रकाशन गर्दै पर्सा जिल्लाभित्रका सम्पूर्ण विद्यालयहरूलाई रजिस्ट्रेसन फारम भराउने कार्यलाई छिटो सम्पन्न गर्न आग्रह गरेको छ। यस कार्यको लागि मिति २०८२ साल वैशाख १२ गते देखि जेठ ११ गतेसम्म ३०० रुपैयाँ दस्तुर र जेठ १२ गतेदेखि जेठ १८ गतेभित्र डब्बल दस्तुर तिरेर फारम अनिवार्यरूपमा पेश गर्नुपर्ने जनाइएको छ।

विद्यालयहरूले आफ्ना छात्रहरूको विवरण ‘एक्ससेल फम्र्याट’मा मा तयार गरी दुई प्रति फारम जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ। रजिस्ट्रेसन फारम भर्ने क्रममा विद्यालयका प्रधानाध्यापकले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np तथा www.see.gov.np बाट डाउनलोड गर्न सकिनेछ।

विद्यार्थीहरूको विवरणमा रजिस्ट्रेसन नम्बर, नाम, जन्म मिति, लिंग, बाबु–आमाको नाम, वैकल्पिक विषय लगायत सम्पूर्ण जानकारी स्पष्ट र सही हुनुपर्ने र गलत विवरण भएमा विद्यालय स्वयं जिम्मेवार हुने सूचनामा उल्लेख गरिएको छ।

विद्यालयहरूले आफ्नै आन्तरिक फारम प्रयोग नगरी राष्ट्रिय बोर्डको तोकिएको फारम प्रयोग गर्नुपर्नेछ। समयमा फारम नबुझाउने विद्यालयको सम्पूर्ण जिम्मेवारी विद्यालयले स्वयं लिनुपर्नेछ। थप जानकारीका लागि शिक्षा विकास तथा समन्वय इकाई, पर्सासँग सम्पर्क गर्न सकिनेछ सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै