ट्रेन्डिङ

नाबालिकालाई बलात्कार गरेको आरोपमा एक बर्षपछि एक नाबालक पक्राऊ

सप्तरी । नाबालिकालाई बलात्कार गरेको आरोपमा एक जना नाबालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले एक बर्ष पछि पक्राऊ गरेको छ।

पीडित बालिका र आरोपित दुबै जना नावालक रहेकोले प्रहरीले दुबैको पहिचान गोप्य राखेको छ। आरोपितले नाबालिकालाई तिमीसंग कुराकानी गर्नु छ भनी ०८१ साल बैशाख १३ गते दिउँसो १ बजेको समयमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ स्थिति रहेको लक्ष्मीपुर सामुदायिक वन भित्र लगि बलात्कार गरेका थिए ।

पीडित बालिकाले प्रतिकार गर्न खोज्दा आरोपितले ज्यानै मारी फ्याली दिने धाकधम्की दिई नाबालिकालाई जबरजस्ती करणी(बलात्कार) गरी हालसम्म फरार रहेको थिए । पीडित बालिका घर आई घटनाको बारेमा आफन्तलाई सुनाए पछि बालिकाको हजुरबुबाले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले फरार अभियुक्तको खोजतलास कार्य जारी राखेकै समयमा इलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी टोलीले ०८२ साल बैशाख २७ गते जिल्ला सप्तरी सोही वडाको बलान खोलाबाट आरोपितलाई पक्राउ गरेका हुन ।

आरोपितलाई कानून बमोजिम पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै