ट्रेन्डिङ

मनकारी पत्रकार अच्युत पौडेलद्वारा बिहेभोजका लागि सामग्री हस्तान्तरण

कलैया । प्रेस चौतारी नेपालका सचिवालय सदस्य एवम् मधेश प्रदेश इन्चार्ज अच्युत पौडेलले आर्थिकरुपले विपन्न एक परिवारको छोरीको विवाहका लागि सामग्री सहयोग गरेका छन् ।

बाराको बारागढी गाउँपालिका वडा नम्बर ३ नायका टोल निवासी रघुनाथ सहनी(भदई)को छोरीको विवाहका लागि भोज सामग्री सहयोग गरेका हुन् । मुटु र टिबि रोगका बिरामी एवम् आर्थिक रुपले विपन्न भदईको छोरीको बिहेका लागि पत्रकार पौडेलले २५० जनालाई खान पुग्ने सामग्री र बेहुला बेहुलीको लागि कपडा सहयोग गरेका हुन् ।

बुधबार बिहान सोही गाउँपालिकाका राजकिशोर चौधरीको सहजीकरणमा बेहुलीको आमा असिया देवी र दाइ छोटेलाल सहनीलाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

ओम बिनायक ट्राभल्सका संचालक समेत रहेका पत्रकार पौडेलले आर्थिक अभावका कारण कोहि पनि छोरीको विवाह खल्लो नहोस् भन्ने उद्देश्यले आफुले सक्दो सहयोग गरेको बताए। उनले अहिले समाजमा व्याप्त भड्किलो र खर्चिलो विवाहिक कार्यक्रमले आर्थिकरुपले विपन्न परिवारलाई गिजोलिरहेको बताउँदै विवाहलाई सरल, सहज र दाइजोमुक्त बनाउनुपर्नेमा जोड दिए ।

सामग्री पाएपछि खुसी व्यक्त गर्दै बेहुलीकी आमा असिया देवीले समाजमा यस्ता मनकारी व्यक्तिको उपस्थितले हामी जस्तो असहाय पारिवारको छोरीको बिहेपनि सहज तरिकाले गर्न पाएको बताइन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै