जनकपुरधाम । धनुषामा बिहे भोजमा खाजा खाँदा १०० भन्दा बढी मानिस बिरामी भएका छन्। बिरामीको पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका-८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।
४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन् ।
खाजाको परीक्षण गर्न ल्याबमा स्पाम्पल पठाइएको छ र कारण पत्ता लाग्ने अपेक्षा गरिएको प्रमुख यादवले बताए ।